×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : म्यादी प्रहरीमा आवेदन दिनेको भीड लाग्यो, कालिञ्चोकस्थित भगवती माताको दर्शन गर्दै भक्तजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : म्यादी प्रहरीमा आवेदन दिनेको भीड लाग्यो, कालिञ्चोकस्थित भगवती माताको दर्शन गर्दै भक्तजन

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लागेको युवाको भिडदेखि दोलखा जिल्लामा अवस्थित ऐतिहासिक धार्मिकस्थल कालिञ्चोक भगवती माताको दर्शन गरिरहेका भक्तजनसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लामबद्ध युवा ।

दोलखा जिल्लामा अवस्थित ऐतिहासिक धार्मिकस्थल कालिञ्चोक भगवती माताको दर्शन गर्दै भक्तजन ।

काठमाडौँ महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको बर्षौँ बितेपनि सम्पन्न हुनसकेको छैन । टावर निर्माण सम्पन्न नहुँदा अहिले राजधानीको मुख्य भागमा बसपार्क छैन । टावर निर्माण सम्पन्न भएपछि यसको तल्लो तलामा बसपार्क बनाइने जनाइएको छ ।

कञ्चनपुरको महाकाली नदीमा गिट्टी र बालुवा छान्दै महिला । आयस्रोत न्यून भएका नागरिक बगरमा बालुवा÷गिट्टी छानेर त्यसबाट आएको रकमले जीविका चलाउँदै आएका छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५, पोखरी नारायणस्थानमा हालै निर्मित स्वयम्भू, बौद्ध र नमोबुद्ध स्तूपा । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार तीन स्तूपाको उद्घाटन गर्नुभएको थियो ।

लालझाडी गाउँपालिकाको नन्द गाउँका राना थारु समुदायका महिला नजिकैको तलाउबाट घर लिपपोतका लागि माटो ल्याउँदै । घर लिपपोतका लागि थारु समुदायले तालको माटो प्रयोग गर्ने गर्दछन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल प्रहरी विद्यालयको हाताभित्र निर्माण हुँदै गरेको विद्यालय भवन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी