काठमाडौं । बीमा समितिले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न निर्देशन दिएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।
बीमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको भएको अन्तरक्रियामा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी समयमै नदिएमा दाबी भुक्तानी अवधिपछिको बीमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरेका छन् ।
अध्यक्ष सिलवालले देशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै बीमितको हित रक्षा गर्नु बीमा समितिको मुख्य कार्य भएको बताएका छन् । उनले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गरेका र त्यसको मस्यौदा समेत बुझाइसकेको बताएका छन् ।
यस्तै कार्यकारी निर्देशक पौडेलले समितिले एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिँदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमाप्रतिको विश्वास कायम राख्न आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्