×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधिमा चौथो संशोधन, ब्याजदरसमेत बढ्यो, कर्जाको मागमा कमि आउने विश्लेषण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधिमा चौथो संशोधन, ब्याजदरसमेत बढ्यो, कर्जाको मागमा कमि आउने विश्लेषण

Artha Sarokar

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ मा कडाई गरेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ मा चौथो संशोधनमार्फत कडाई गरेको हो । उच्च आयात तथा रेमिट्यान्स आप्रवाहमा कमी आएसँगै अर्थतन्त्र नै समस्यामा जाने देखिएपछि पुनरकर्जा  कार्यविधिमा कडाई गरेको हो ।

राष्ट्र बैंकले ३ प्रकारका पुनरकर्जा दिँदै आएको छ । जसमा विशेष पुनरकर्जा, साधारण पुनरकर्जा र लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा रहेका छन् । उक्त कार्यविधिअनुसार राष्ट्र बैंकले पुनरकर्जाको ब्याजदर बढाएको छ ।

केन्द्रीय बैंकले यसअघि बैंक तथा वित्तीय संस्थालाई विषेश पुनरकर्जा १ प्रतिशतमा दिँदै आएको थियो भने अहिले बढाएर ३ प्रतिशत पुर्याएको छ । यता ऋणीले भने बैंकलाई ५ प्रतिशत ब्याज तिर्नुपर्नेछ । राष्ट्र बैंकले साधारण पुनरकर्जामा बैंक तथा वित्तीय संस्थालाई लिने ब्याज  भने ३ प्रतिशतले बढाएर ५ प्रतिशत  र बैंकले ऋणीसँग लिने ब्याज ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको छ ।

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको ब्याज भने २ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ । यस्तै बैंकले ऋणीसँग लिने ब्याज ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याइएको छ ।  राष्ट्र बैंकले दुई आर्थिक वर्षको औसत रिटर्न अन इक्यूटी ३ प्रतिशतभन्दा बढी रहेका उद्योग व्यवसायका लागि पुनरकर्जा रोकेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी