×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीभीएसको ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ अफर सार्वजनिक, सामाजिक सञ्जालमा भाग लिएर ५० हजार जित्ने मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टीभीएसको ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ अफर सार्वजनिक, सामाजिक सञ्जालमा भाग लिएर ५० हजार जित्ने मौका

Artha Sarokar

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नयाँ वर्षको अवसर पारेर जगदम्बा मोटर्सले “आयो, पायो, पर्‍यो, सोर्‍यो” अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता रु ५० हजार जित्ने मौका मिल्ने कम्पनीले जनाकारी दिएको हो ।

बाइक तथा स्कुटर किन्नु अगाडि tvsnepal.com/newyear ​​ मा दर्ता गरेर ५० हजार सम्म जित्न पाउने अनि नेपाल भरी टीभीएसको कुनै पनि बिक्रेताबाट स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने जनाइएको छ । साथै बम्परमा किने पनि नकिने पनि टीभीएसको सोसल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाची आरआर ३१० जित्ने मौका पाउनेछन् । साथै हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत अनि एक्सचेन्जमा मासिक रकम ५,९९९ किस्ता तिरेर टीभीएस चढेर जान पाउने व्यवस्था मिलाइएको पनि कम्पनीले जनाएको छ ।

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको सीईओ दीपक अग्रवालले टीभीएसलाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले यसको बजारमा माग बढेकाले खुशी व्यक्त गरे । उनले यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर बिक्रीलाई नयाँ उचाइमा पुराउने उद्देश्य रहेको बताए । जगदम्बा मोटर्स प्रा।लि। नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी