×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले पनि असार ६ गतेदेखि ३० लाख इकाई ऋणपत्र बिक्री गर्दै, न्यूनतम २५ कित्तादेखि आवेदन दिन पाइने

PRIME CA

एनआइसी एसिया बैंकले पनि असार ६ गतेदेखि ३० लाख इकाई ऋणपत्र बिक्री गर्दै, न्यूनतम २५ कित्तादेखि आवेदन दिन पाइने

२८ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । असार ६ गतेदेखि एनआइसी एसिया बैंकले पनि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख इकाई ‘एनआइसी ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । कुल ३० लाख इकाईमध्ये १२ लाख इकाईमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले यस ऋणपत्रमा वार्षिक व्याजदर ८.५% दिने जनाएको छ भने ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा  २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ  । एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले कम जोखिम जनाउने कियर एनपी सिंगल ए रेटिङ प्रदान गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: