Skip to content
LAXMI SUNRISE BANK

सोमबारसम्म सेयर किन्नेले साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश पाउने, साधारणसभा कहिले ?

अर्थ सरोकार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश पाउन भोलि सोमबार सेयरधनी बन्ने अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभाका मंगलबार चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
कम्पनी चैत ३० गते बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ । सभामा १०% बोनस सेयर प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न नगद लाभांश पनि दिन लागेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK