पर्सा । पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ । पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रवद्र्धनका लागि मधेस सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो ।
सोही नीतिअनुरुप तराई मधेसकै मिनी उपत्यकाको रुपमा चिनिएको पर्साको ठोरीलाई मधेस प्रदेश सरकारले ‘पर्यटकीय क्षेत्र’ घोषणा गरेको छ । ठोरीको पर्यटकीयस्थल राइधारामा शुक्रबार बेलुकी आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्नुभएको हो । त्यसअघि गत शुक्रबार साँझ ठोरी–२ स्थित ठोरी जङ्गल रिसोर्टमा बसेको मधेस प्रदेशको मन्त्रिपरिषद्को बैठकले ठोरीलाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो । पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वधार निर्माण गर्न सरकारले त्यहाँ रु १० करोड बजेट खर्चिने निर्णय गरेको बताइएको छ ।
सो अवसरमा मुख्यमन्त्री राउतले ठोरी पर्यटकीय सम्भावना बोकेको मधेस प्रदेशकै एक महत्वपूर्ण स्थान रहेको भन्दै ठोरीलाई पर्यटकीय स्थलका रुपमा विकसित गरिने बताउनुभयो । “ हामीले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा ग¥यौं, यहा पर्यटकीय पूर्वाधार निर्माण र विकासका लागि तत्काल रु १० करोड उपलब्ध गराउने निर्णय पनि ग¥यौं”, उहाँले भन्नुभयो, “आवश्यकता अनुसार अरु थप सहयोग गर्न पनि सरकार प्रतिबद्ध छ ।”
त्यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकास्थित दूधेश्वरनाथ महादेव मन्दिर भाठाधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र र ती क्षेत्रको विकासका लागि रु पाँच करोड लगानी गर्ने प्रदेश सरकारले घोषणा गरेको छ । भाठामन्दिर क्षेत्रमा गत शनिबार आयोजना गरिएको कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाठालाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्दै चालु आवबाट नै रु पाँच करोड पूर्वधार विकासमा लगानी गर्ने जानकारी दिनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अलखदेवप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री गद्दीले भाठा क्षेत्रमा आउने पर्यटक तथा श्रद्धालुको सुविधाका लागि सडक तथा स्वच्छ खानेपानीको व्यवस्था पनि प्रदेश सरकारले तत्काल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्