×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीको मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली, ३५० घरधुरी हर्षित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

म्याग्दीको मल्कवाङमा पाँच महिनापछि बल्यो बिजुली, ३५० घरधुरी हर्षित

Artha Sarokar

१४ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । पहिराले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पु¥याएको थियो ।
धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिनुभयो । “कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल्न थालेको छ”, उहाँले भन्नुभयो, “पहिराले क्षति पुगेको पाइप परिवर्तन गरेर परियोजना सञ्चालन गरिएको हो ।”
बयालिस किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को बुलका ३५० घरधुरीमा विद्युत् उपलब्ध गराइएको परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बताउनुभयो । विसं २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत् परियोजनामा पाँच महिनाअघि आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको थियो ।
यसैगरी धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा भदौ २० गते दरखोलामा आएको बाढीले विद्युत् गृह, बाँध र नहर बगाएर बन्द भएपछि पुनः निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको रु २२ लाख सहयोगमा उक्त परियोजना मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताउनुभयो । खोलाको किनारदेखि केहीमाथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएका कारण परियोजनाको उत्पादन ४३ किलोवाटबाट घटेर ३५ किलोवाटमा सीमित भएको छ ।
सो परियोजनाबाट उत्पादीत विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् । सो आयोजनाको मुहानमा २५ मिटर कुलो र विद्युत् गृहको नयाँ भवन निर्माण भएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी