×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रमोसन भएपछी ‘ट्रीट’ दिन्छु भनेर मुस्कुराउँदै थिइन्, तर सबैलाई रुवाएर संसार छोडीन् बैंकर सुमिताले…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रमोसन भएपछी ‘ट्रीट’ दिन्छु भनेर मुस्कुराउँदै थिइन्, तर सबैलाई रुवाएर संसार छोडीन् बैंकर सुमिताले…!

Artha Sarokar

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंक लिमिटेडमा कार्यरत एक महिला कर्मचारीको कोरोना संक्रमणका कारण निधन भएको छ । बैंकको अपरेशन विभागमा कार्यरत सुमिता शाक्यको कोरोनाको कारण निधन भएको हो । सिएको पढाइसँगै बैंकिङमा करियर बनाउंदै गरेकी उनलाई कोरोना भएपछी उनी अस्पताल भर्ना भएकी थिइन् । तर अन्तत: उनको निधन भएको छ । उनको असामयिक निधनमा बैंकले दु:ख व्यक्त गरेको छ ।

क्यान्सरले गलाएको ज्यानलाई कोरोनाले सिध्यायो…

यसो त उनी लामो समयदेखि क्यान्सरबाट पीडीत थिइन् । क्यान्सर भएपनि काममा लगनशील सुमिता अडिट विभागमा कार्यरत थिइन् । पछी बैंकको अपरेशन विभागमा काम गर्दै आएकी उनले प्रमोसनका लागि आवेदन समेत दिएकी थिइन् । प्रमोसनका लागि हुने अन्तर्वार्तामा समेत उनले आफुसँग आत्मविश्वास रहेको बताएकी थिइन् । ज्यानमा क्यान्सर भएपनि सधैं आफुमाथि विश्वास गर्ने सुमिता क्यान्सरसँग त लडीरहेकी थिइन् नै, त्यहि बेला पापी कोरोनाले पनि ज्यानमा बास गरेपछि अन्तत: उनलाई बचाउन सकिएन । क्यान्सरका कारण केहि समय यता ज्यान निकै कमजोर त भएको थियो, तर आफु कमजोर छु भन्ने कुरा उनले कहिले पनि देखाउने गर्दिनथिइन् । उनका सहकर्मीहरु भन्छन्- ‘बैंकमा काम गर्दा उनी क्यान्सरसँग जुधीरहेकी छिन् भन्ने पत्याउन नै गाह्रो हुन्थ्यो । काममा निकै लगनशील भएर लाग्थिन् । प्रमोसन भएपछी ‘ट्रीट’ दिन्छु भनेर मुस्कुराउँएको हिजो जस्तो लाग्छ,  तर सबैलाई रुवाएर उनले संसार छोडेको पनि महिना दिन हुन लागिसकेछ!’ 
स्वास्थ्य मन्त्रालयले भने उनको निधन कोरोनाकै कारण भएको रेकर्ड राखेको छ । उनी कोरोनाका कारण निधन भएकी सम्भवत: पहिलो महिला कर्मचारी हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी