×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीमा राहत अनुदान रकम लिन आएनन् किसान, निवेदन दिन जिल्ला प्रशासन कार्यालयको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैतडीमा राहत अनुदान रकम लिन आएनन् किसान, निवेदन दिन जिल्ला प्रशासन कार्यालयको आग्रह

Artha Sarokar

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अवरिल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले लिन आएका छैनन् । राहत अनुदान स्वरुप जिल्लामा रु आठ लाख प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धानबालीमा पुगेको क्षतिबापत सङ्घीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किसानलाई राहत अनुदान वितरण गर्ने भनिएको थियो । तर राहत अनुदान लिनका लागि हालसम्म किसानको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राहत अनुदान रकमका लागि निवेदन दिन भनेका छौं । हालसम्म एकजना किसानबाहेक अरु आएका छैनन्, यसका लागि हामीले सूचनासमेत जारी गरिसकेका छौंँ ।” धान भित्रियाउने बेलामा आएको वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरी १७६ किसानको धानबालीमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैबीच धानबालीमा क्षति पुगेका किसानलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । सङ्घीय सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको हो । ‘धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’ अनुसार पीडित किसानलाई राहत उपलब्ध गराइने भएकाले निवेदन दिन आग्रह गरिएको सूचना अधिकारी भारतीले बताउनुभयो ।
राहतका लागि निवेदन दिनेले रु १० को टिकट टाँसेको निवेदनका साथै वडा कार्यालयको मुचुल्का र वडा सिफारिस राख्नुपर्नेछ । यस्तै प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञानकेन्द्र बैतडीको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने बताइएको छ । अविरल वर्षाका कारण यहाँ चार जनाको मृत्युसमेत भएको थियो । मृतकका परिवारलाई सङ्घीय सरकारले यसअघि नै रु दुई लाखका दरले राहत रकम दिइसकेको बताइएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी