Skip to content
LAXMI SUNRISE BANK

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख २० हजार १२० कित्ता सेयर लिलामीमा बिक्री खुला, चैत २४ गतेसम्म भर्न सकिने

अर्थ सरोकार

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आज बुधबारबाट १ लाख २० हजार १२० कित्ता सेयर लिलामीमा ल्याएको छ ।बैंकले यसअघि गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म ३० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम म्याद चैत २४ गतेसम्म रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK