×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्स कम्पनीको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

PRIME CA
GLOBAL IME BANK

एनएलजी इन्स्योरेन्स कम्पनीको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साथै बोनस शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी बृद्धि भई १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्ने हुँदा सो सम्बन्धि संशोधन गर्न स्वीकृत गर्ने सभाको पारित गरेको हो । यस्तै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणका अनुसूचीहरु माथी छलफल गरी पारित समेत गरेको हो ।
आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत सो सभाको विषयसूची पारित भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: