×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदमा आवेदन दिने सोमबार अन्तिम दिन, यी ठाउँहरुबाट भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदमा आवेदन दिने सोमबार अन्तिम दिन, यी ठाउँहरुबाट भर्न सकिने

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिखर इन्स्योरेन्सको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा सोमबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । यस कम्पनीले १ः०३ अनुपातमा चैत १ गतेबाट ३०% हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यस्तै शिखर इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ ।
सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइनेछ । शिखरले हाल कायम १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पुँजीमा ३०५ हकप्रद बिक्रीमा ल्याएको हो । उक्त हकप्रद बिक्रीपछि पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी