×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्द भएका सबै पेट्रोल पम्प आइतबारबाट खुल्ने, निगम र पेट्रोलियम व्यवसायीबीच भयो ४ बुँदे सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बन्द भएका सबै पेट्रोल पम्प आइतबारबाट खुल्ने, निगम र पेट्रोलियम व्यवसायीबीच भयो ४ बुँदे सहमति

Artha Sarokar

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइतबारबाट बन्द भएका सबै पेट्रोल पम्प खुल्ने भएको छ । पेट्रोल पम्प खुल्ने सम्बन्धि नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच ४ बुँदे सहमति भएसँगै पेट्रोल पम्प खुल्ने भएको हो । उक्त सहमतिसँगै आइतबार बिहान ८ बजेदेखि आयल निगमका सबै डिपो खुल्ने भएको निगमले जनाएको छ ।

। पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धी सात दिनभित्र निष्कर्ष निकाल्ने सहमति भएको छ । साथै पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने गरी सहमति भएको पनि निगमले जनाएको छ ।

शनिबार निगमको केन्द्रीय कार्यालय टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समितिसँग छलफल भएको थियो । सहमति भएसँगै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरेका हुन् । पेट्रोलियम पदार्थको ढुवानीकर्ता व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै बिक्री वितरण रोक लगाएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी