काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद सेयरमा नबिकेको सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रद सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक सेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण सेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो ।
कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म २ : १ अनुपातमा रू.१०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कुल हकप्रद सेयरमध्ये संस्थापक समूहको हक हस्तान्तरणसमेत गरी कुल ६३ जना सेयरधनीहरुबाट ७ लाख ५३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको हक हस्तान्तरणसमेत गरी कुल ८ हजार २३५ जना सेयरधनीबाट आवेदन परेको जम्मा १० लाख ३६ हजार ७७ कित्ता हकप्रद सेयर गरी कुल १७ लाख ८९ हजार २३९ कित्ता सेयर गत चैत १६ गते बाँडफाँड गरेको कम्पनीले बताएको छ ।
बाँकी नबिकेको सेयर कम्पनीले लिलामीमा ल्याउने तयारी गरेको हो । कम्पनीले लिलामीमा सेयर बिक्री गर्ने मिति भने तय गरेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्