काठमाडौं । सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन् । १६ वर्ष भन्दा लामो बैंकिङ क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएक हुन् ।
उनिसँग नविल बैंकमा १३ वर्षसम्मको डिजिटलाइजेशन हेड,कार्ड एण्ड अल्टरनेट च्यानल हेडका रुपमा काम गरेको अनुभव छ । नविल बैंकमै उनले टेक्नोलोजी एण्ड डिजिटल बिजनेसका रुपमा समेत काम गरेका थिए । यसअघि पौडेल नेपाल बैंक लिमिटेडको कोर बैंकिङ टेक्नोलोजी पार्टमा समेत आबद्ध थिए । यस्तै गनिसँग अन्य क्षेत्रमा पनि लामो समय सफ्टवेयर डेभलपमेन्टका रुपमा काम गरेको अनुभव छ ।
एफवान सफ्टमा पौडेलको आवद्धतासँगै एफवान सफ्टले विश्वमा विकास भएका नविनतम प्रविधिलाई नेपाली माटो सुहाँउदो बनाउनुका साथै नेपालमा पनि आम मानिसको दैनिक जनजिवन सहज बनाउने खालका सफ्टवेयरको निर्माण, विकास तथा डिजिटल भुक्तानीका क्षेत्रमा अझ नयाँ प्रविधिको विकासमा महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्