×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

PRIME CA
GLOBAL IME BANK

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि मंगलबार अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म बुक क्लोज गरेकोले मंगलबार चैत २२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १९% बोनस सेयर र १% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १० गते सभा गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ ।
साथै सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले अन्य कुनै पनि वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: