Skip to content
LAXMI SUNRISE BANK

आइसिएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर मंगलबारदेखि बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर आज मंगलबारदेखि बिक्रीमा आएको छ । कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने तोकिएको छैन । सेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क गर्नुपर्ने छ ।

विद्यमान संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK