काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि बिहिबार चैत २४ गते बुक क्लोज गर्ने भएकाले आज बुधबारसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यस कम्पनीले ७% बोनस सेयर र कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्दैछ । सभा प्रयोजनका लागि यसले बिहिबार चैत २४ गते बुक क्लोज गर्ने भएको छ । प्रुडेन्सियलले हाल कायम १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँमा उक्त बोनस सेयर प्रस्ताव गरेको हो ।
कम्पनीले वैशाख ११ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्