×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाख २ गतेबाट आउँदैछ सीवाइसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ, १० कित्तादेखि भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वैशाख २ गतेबाट आउँदैछ सीवाइसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ, १० कित्तादेखि भर्न सकिने

Artha Sarokar

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले वैशाख २ गतेदेखि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा वैशाख ६ गतेसम्म आवेदन दिन सकिने गरी सो आइपीओ खुलाउन लागेको हो । कुल आइपीओमध्ये ५% अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
वैशाख ६ गतेसम्म आइपीओ बिक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी