Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस पाउन सेयरधनीले पहिला कर तिर्नुपर्ने

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (तत्कालीन स्पर्श लघुवित्त) का सेयरधनीहरुले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै बोनस सेयर पाउन तत्कालीन स्पर्श लघुवित्तका सेयरधनीलाई पहिला कर तिर्न आग्रह गरेको हो ।
कम्पनीले २०७८ वैशाख ८ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।सेयरधनीले ग्लोबल आइएमई बैंकको शाखा कार्यालय, पोखरा न्यूरोडमा रहेको खाता नम्बर १२०१०१००००३७० मा कर वापतको रकम जम्मा गरीदिनु पर्नेछ ।
ग्लोबलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २८% बोनस सेयर वितरण गरेको थियो । ग्लोबलले स्पर्श लघुवित्तलाई एक्वायर गरेर गत वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK