Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : मेलामा ठेकी बिक्री गर्दै बागलुङका व्यापारी, मनाङमा बढ्दै विदेशी पर्यटक

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङको कालिका भगवती मन्दिर क्षेत्रमा बिहीबारदेखि सुरु भएको चैतेदशैँ मेलामा अमलाचौर बिरौटाका व्यापारी प्रेमबहादुर चुदाराले बिक्री गर्न राखेका ठेकीदेखि मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ जाँदै  विदेशी पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

बागलुङको कालिका भगवती मन्दिर क्षेत्रमा बिहीबारदेखि सुरु भएको चैतेदशैँ मेलामा अमलाचौर बिरौटाका व्यापारी प्रेमबहादुर चुदाराले  बिक्री गर्न राख्नु भएको ठेकी । गुराँस र दारको काठबाट निर्माण गरिएको प्रति ठेकी रु आठ हजारदेखि रु १२ हजारसम्म पर्ने उहाँ बताउनुहुन्छ ।

मनाङको सदरमुकाम चामेबाट  माथिल्लो  मनाङतर्फ जाँदै  विदेशी पर्यटक । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका अनुसार दैनिक १०० देखि  १५०  विदेशी  पर्यटक मनाङ भित्रिने गरेका छन् ।

तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा दर्शनका लागि आएका भक्तजन ।

कैलालीको जोशीपुर गाउँपालिकाको बजारदेखि भजनी जोड्ने सडकमा बाटोमा रसी तेर्साएर पैसा उठाउँदै थारु महिला । थारु समुदायको चिराकी पर्वको अवसर पारेर महिलाहरुले यसरी बाटो छेकेर पैसा उठाउने गरेका छन् ।

उत्तरी म्याग्दीको अत्यन्त दुर्गम मानिएको रघुगङ्गा गाउँपालिका–८, कुईने गाउँ जोड्ने सडक । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण सम्पन्न भई बुधबार उद्घाटन गरिएको हो ।

गहुँ भित्रुयाउँदै दाङको तुलसीपुर उपमहानगरपालिका–३, डाँडाखुट्टीका किसान । थ्रेसिङ्ग मेसिनको प्रयोग गरी गहुँ भित्र्याउन थालिएको हो ।

बिहीबार शुरु भएको चैत्राष्टमी मेला (चैतदशैँ) मा चोयाबाट उत्पादन भएकोे व्यापार गर्नका लागि बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाबाट आउनुभएको शशिबहादुर विश्वकर्मा । अहिले डालाको व्यापार घटेको उहाँको भनाइ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK