Skip to content
LAXMI SUNRISE BANK

सिएमएसले गर्यो नवलपुरका ४० महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

अर्थ सरोकार

गैंडाकोट । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल सिएमएस पुरानो मेडिकल कलेज पूर्वी नवलपरासीका महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत आज इलाका प्रहरी कार्यालय गैंडाकोटमा ४० जना महिला प्रहरीको स्वास्थ्य परीक्षण गरिएको हो । सामुदायिक सेवा केन्द्र गैंडाकोट, सामुदायिक प्रहरी सेवा केन्द्र तथा ईलाका प्रहरी कार्यालय गैंडाकोटको आयोजना र पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा नवलपुर क्षेत्रमा कार्यरत ४० जना महिला प्रहरी कर्मचारी र प्रहरी परिवारको स्वास्थ्य परीक्षण गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक प्रज्ज्वल मानन्धरले सधैं ड्युटीमा खटिनु पर्ने, समयमा खाना र खाजा समेत खान नपाउने महिला प्रहरीले कार्यालयमै स्वास्थ्य सेवा पाउनु खुशीको कुरा भएको बताए । उनले भने “प्रहरीलाई आराम गर्ने समयमा पनि हुँदैन, समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराउन पनि पाउनु हुन्न, तर आज कार्यालयमै सेवा पाउनु खुशीको विषय हो ।” उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए ।

सो अवसरमा पुरानो मेडिकल कलेजका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। शुभ श्रेष्ठ, रेडियोलोजिस्ट डा अनिश आचार्य, डा सुस्मिता देवकोटा लगायतले विशेषज्ञ सेवा प्रदान गरे । अस्पतालले प्रहरी कार्यालयमै निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सरको जाँच (प्यापस्मेयर), सुगर जाँच गराएको थियो । अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपाने अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा रहेका सम्पूर्ण पक्षलाई समेटी स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु गर्दै आएको बताए । उनले आगामी दिनमा अस्पतालको गुणस्तरीय सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्याउँदै सामाजिक कार्यहरुलाई अझै प्रभावकारी ढंगले अघि बढाउने बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK