×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कार्यकारी प्रमुखमा चार्टड एकाउन्टेन्ट भूपेन्द्र पाण्डे नियुक्त

LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कार्यकारी प्रमुखमा चार्टड एकाउन्टेन्ट भूपेन्द्र पाण्डे नियुक्त

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको निमित्त प्रमुखको जिम्मा चार्टड एकाउन्टेन्ट भूपेन्द्र पाण्डेले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको कार्यकाल सकिएपछि बैंक सञ्चालक समितिले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो ।
भारतीय बोर्ड आइसीएआइबाट सिए उत्तीर्ण गरेका पाण्डे दुई वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनले शंकरदेव क्याम्पसबाट बिजनेश स्टडिजमा माष्टर्स डिग्रीसमेत हासिल गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी