- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको आफ्नो स्वामित्वमा रहेको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० र नेशनल लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार ७२६ कित्ता सेयर मंसिर २५ गते बाट लिलामीमा ल्याएको थियो ।
सोहि सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले यी दुई कम्पनीको आफ्नो स्वामित्वमा रहेको ३ लाख २८ हजार २८६ कित्ता संस्थापक सेयर मंसिर २५ गतेबाट लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम २३ सय ६२ रुपैयाँ र नेशनलको सेयरमा न्यूनतम ५०५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।