काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले विश्वप्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलेसीमा रामनवमीको अवसर पारेर लगाइएको मेलामा पूजाआजा गर्न आएका दर्शनार्थी तथा भक्तजनको भीडदेखि काठमाडौँ महानरपालिका–२५ स्थित ऐतिहासिक बौद्व स्थल श्री घः स्तुपा अवलोकन गरिरहेका विदेशी पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
विश्वप्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलेसीमा रामनवमीको अवसर पारेर लगाइएको मेलामा पूजाआजा गर्न आएका दर्शनार्थी तथा भक्तजनको भीड । पन्ध्र दिनसम्म लाग्ने रामनवमी मेलामा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायतका दर्शनार्थी तथा भक्तजनको समेत उपस्थिति रहेको छ ।

काठमाडौँ महानरपालिका–२५ स्थित ऐतिहासिक बौद्व स्थल श्री घः स्तुपा अवलोन गर्दै विदेशी पर्यटक । कोरोनाको कमीसँगै विदेशी पर्यटकहरूको चहलपहल बढेको छ ।

चैतेदशैँको दिन बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि आएको भक्तजन बोकेका सवारीसाधनले भरिएको बाङ्गेचौर खेल मैदान ।
भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सभ्य भव्य बनाउन आह्वान गर्दै आइतबार आयोजित सद्भाव ¥यालीपछि टौमढीमा आयोजित सभामा सहभागी सर्वसाधारण । ऐतिहासिक एवम् सांस्कृतिक बिस्का आजबाट शुरु हुँदैंछ ।

बबई गाउँपालिका–५ पुरन्धारा छहरा जाने सडकलाई वाल लगाएर सुरक्षित गर्दै कामदार ।

वर्षा र सहकालका देवता श्री आर्यावलोकिटेश्वर (सेतो मच्छिन्द्रनाथ) को जात्राको दोस्रो दिन आइतबार असनबाट तानेर हनुमानढोका पु¥याउने तयारी गर्दै । शनिबार तीनधारा पाठशालाबाट असन पु¥याएको थियो ।

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा आइतबार रामनवमी पर्वको अवसरमा भजनकीर्तन र नाँचगान गर्दै भक्तजनहरु ।

प्रतिक्रिया दिनुहोस्