- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ८२० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।