×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुँदै, १ लाख ६६ हजारले सेयर पाउने, कति आवेदकको हात खाली हुँदैछ ?

PRIME CA

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँड हुँदै, १ लाख ६६ हजारले सेयर पाउने, कति आवेदकको हात खाली हुँदैछ ?

अर्थ सरोकार

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आइपीओ भोलि बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्साल काठमाडौंमा  बाँडफाँड गर्ने कार्यक्रम तय भएको जनाएको हो ।
यस कम्पनीको आइपीओको प्री–अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा माग भन्दा १५.७६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
बलेफी हाइड्रोपावरको आइपीओमा कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ६६ हजार ३४५.३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: