काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ४.२% बोनस सेयर र कर तिर्न ०.२२% नगद लाभांश पनि प्रस्ताव गरेको हो ।
सानिमाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।