Skip to content
LAXMI SUNRISE BANK

युनियन लाइफ इन्स्योरेन्सले गर्यो बुक क्लोज मिति तय, वैशाख २३ गते बोलायो वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि वैशाख १३ गते बुक क्लोज गर्ने भएको हो । तर्सथ वैशाख १२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने भएका छन् । कम्पनीकोे वैशाख २३ गते चौंथो वार्षिक साधारणसभा हुने भएको छ ।

सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे हुने भएको छ । सभामा कम्पनीले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पेश गर्ने भएको छ । स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव पनि पेश गर्नेछ ।

सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को प्रस्ताव पनि रहेको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुने भएको छ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK