×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको ९१ हजार १९५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला हुने, कहिलेदेखि पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइएमई जनरल इन्स्योरेन्सको ९१ हजार १९५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला हुने, कहिलेदेखि पाइन्छ भर्न ?

Artha Sarokar

५ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको संस्थापक समूहको सेयर बिक्री खुल्ला हुने भएको छ । कम्पनीको वैशाख १२ गतेदेखि ९१ हजार १९५ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुल्ला हुने भएको हो । जसमा सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी बन्नुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने भएको छ । आवेदन दिने अन्तिम म्याद वैशाख २० गतेसम्म रहेको कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी