- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी बैंकले पनि लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना लगानीकर्ताहरुलाई ११.५% लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९% बोनस सेयर र करसहित २.५% नगद गरी कुल ११.५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।