काठमाडौं । प्राइम कमर्सियल बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको यस वर्षको नाफा ३.३९ प्रतिशतले कम हो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४४ लाख ६ हजार रुपैयाँ रहेको छ । यस्तै खुद ब्याज आम्दानी ५.१९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ३.३२ प्रतिशतले बढेको छ । बैंकले निक्षेप संकलन १.२३ प्रतिशतले बढाएको छ भने कर्जा लगानी १४.२४ प्रतिशतले बढाएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९१ पैसाले घटेर अहिले १९ रुपैयाँ ४५ पैसामा सिमित भएको छ ।