×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टान्डर्ड चार्टर्ड बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ३७.६१% ले बढ्दा अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्टान्डर्ड चार्टर्ड बैंकले गर्यो कमालको प्रगति, खुद नाफा ३७.६१% ले बढ्दा अन्य सूचकको अवस्था कस्तो ? (विवरणसहित)

Artha Sarokar

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  यस अवधिमा बैंकले १ अर्ब ६२ करोड ८७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३७.६१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा  बैंकले १ अर्ब १८ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता खुद ब्याज आम्दानी २ अर्ब ४७ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ ।  जुन खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३४.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै सञ्चालन नाफा २ अर्ब ३३ करोड २८ लाख ८० हजार रुपैयाँ कमाएको छ ।  जुन सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा  ३७.५४ प्रतिशतले  बढी हो । अघिल्लो वर्षको यस अवधिमा बैंकले १ अर्ब ६९ करोड ६१ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसाले बढेर २३ रुपैयाँ ०३ पैसा पुगेको छ र  प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८६ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी