Skip to content
LAXMI SUNRISE BANK

शिखर इन्स्योरेनस कम्पनीले ७७ हजार ७२० कित्ता सेयर लिलामीमा ल्याउने

अर्थ सरोकार

काठमाडौं । शिखर इन्स्योरेनस कम्पनीले ७७ हजार ७२० कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले चैत १ गतेबाट फागुन २१ गतेसम्म ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

जसमा २७ हजार ७१० जनाले ५१ लाख ९७ हजार ८५१ कित्ताका लागि मात्र आवेदन दिएको थियो । यस आधारमा ७७ हजार ७२० कित्ता हकप्रद बिक्री हुन सकेन । सोहि बाँकी रहेको सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK