Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूरको मुद्दामा ६ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका नेपाली पक्राउ

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट काठमाडौं महानगरपालिका सुन्धारा बस्ने काभ्रेपाल्चोक साबिक बल्थली वडा.न.०८ ठेगाना भएका २९ वर्षीय सुमन नेपालीलाई बुधबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ फागुन १७ गतेको फैसलाले उक्त मुद्दामा रु ६ लाख  ५० हजार रुपैयाँ जरिवाना ठहर भए पछी उनी फरार रहेका थिए । नेपालीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी  बैंकको खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK