- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले पनि लगानीकर्ताहरुलाई ७.५०% लाभांश दिने भएको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५.२५% बोनस र कर प्रयोजन समेत गरी २.२५% नगद लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।