×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालीरिका होटल र नेपाल बंगलादेश बैंकबीच समझदारी, विद्युतिय प्रणाली प्रयोग गर्ने भुक्तानी कर्तालाई विशेष छुट प्रदान गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालीरिका होटल र नेपाल बंगलादेश बैंकबीच समझदारी, विद्युतिय प्रणाली प्रयोग गर्ने भुक्तानी कर्तालाई विशेष छुट प्रदान गर्ने

Artha Sarokar

१५ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रा.लि.बिच नेपाल बंगलादेश बैंकको औपचारीक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको छ । यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, QR भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतिय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने छ । समझदारी अनुरुप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । साथै होटलले विषेश छुट प्रदान गरी रु ९९,९९९/– मा वार्षिक सदस्यता प्रदान गर्नेछ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिङ्ग पुल, निशुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पुर्ण रेस्टुुरेन्टहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ ।

देशका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा आफ्नो होटल चेन बिस्तार गर्ने उद्देश्य राखी स्थापना भएको नेपालीरिका होटल प्रा.लि.ले Crimson Hotel को व्यवस्थापन अन्तर्गत रहने गरी हाल मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा नगरपालीकाको विराटचोक र झापा जिल्लाको दमक नगरपालीकामा थ्रि–स्टार स्टाण्डर्डका होटलहरू सञ्चालनमा ल्याइसकेको छ । साथै, थप गन्तव्यहरुमा नयाँ होटलहरू निर्माणको प्रकृयामा रहेको होटलले जानकारी गराएको छ । नेपालीरिका होटल र नेपाल बंगलादेश बैंक बिच भएको समझदारीले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्ने र यसतर्फ थप आकर्षण बढाउने अपेक्षा गरिएको छ । साथै विद्युतीय भुक्तानीको प्रवद्र्घनका लागि आगामी दिनमा समेत सहकार्य गर्ने योजना रहेको दुुवै पक्षले जानकारी गराएका छन् । “सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २८ औ वर्ष पुरा गरेको नेपाल बंगलादेश बैंकले आफ्ना १०० शाखा, ११ विस्तारित सेवा केन्द तथा ८७ वटा ATM बाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी