काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कृष्णपुर नगरपालिका–१ सन्दरीफाँटाका व्यावसायिक तरकारी खेतीमा संलग्न महिला भिन्डी टिप्दै गरेको तस्विरदेखि र्नवास नगरपालिकामा रहेको प्यारा तालमा डुङ्गा चलाउँदै गरेका आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार
कृष्णपुर नगरपालिका–१ सन्दरीफाँटाका व्यावसायिक तरकारी खेतीमा संलग्न महिला भिन्डी टिप्दै । सुन्दरीफाँटा गाउँका बासिन्दा व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् ।
र्नवास नगरपालिकामा रहेको प्यारा तालमा डुङ्गा चलाउँदै गरेका आन्तरिक पर्यटक । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत तालमा रहेका जलकुम्भी सफाइ गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि तालमा सयर गर्न डुङ्गाको व्यवस्था गरिएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने यो तालमा बेला बखत भारतीय पक्षले किचलो समेत झिक्ने गरेको छ ।

व्यासनगरपालिका–५ बेनीपाटनस्थित मादीनदी किनारमा निर्माण गरिएको बरपिपलको चौतारा । मादी र सेती नदीको दोभानमा तनहुँ जलविद्युत आयोजनाले तटबन्धन निर्माण गर्दै गरेको दृश्य । बेनीपाटनमा संघीय सरकारको रु तीन करोड बढीको लागतमा पार्क निर्माण गरेकोमा नदीले कटान गर्न थालेपछि संरक्षण गर्न लागेको हो

रुपन्देहीको सियारी गाउँपालिकास्थित कौवा नाकामा अनुमति नलिई खोलामा मेसिनको प्रयोग गरी ढुङ्गा गिटी उत्खनन् गर्दै ।

जुम्लाको तिला गाउँपालिका– १ स्थित राराका किसानले उत्पादन गरेको गहुँखेती । सिँचाइको सुविधा नहुँदा बारीमा लगाएको गहुँखेती सुक्न थालेको स्थानीयवासी बताउँछन् ।

दाङको दंगीशरण गाउँपालिका–३ स्थित बागरखोलामा निर्माण हुँदै गरेको पुल ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टर र विमान मार्फत बिहीबार हुम्ला पुगेको ३८ हजार मतपत्र सहित ५८ प्रकारका निर्वाचन सामाग्री ।









प्रतिक्रिया दिनुहोस्