काठमाडौँ। पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए । कार्यक्रममा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट अवार्ड पाउने ३५ जनालाई राइड नभएको समयमा समेत लागू हुने गरि एक लाख बराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरिएको छ ।
पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताए । कार्यक्रममा बोल्दै आफ्नो सुरक्षीत र सुनिश्चित यात्राको साथी पठाओ रहेको कलाकार दिपाश्री निरौलाले बताइन् । नेपालमा परिवारसँगै बसेर केहि गरौ भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको कलाकार दिपक राज गिरीले बताए । पठाओमा पाएको टिप्स जम्मा गरेर कुकुर तिहारको दिन काठमाडौका सडकमा भेटिएका बेवारिसे सय बढी कुकुरहरुलाई खाना खुवाएका द हेल्पिङ ह्यान्ड अवार्ड बिजेता रोनिस खड्गी सबैले कोशिश गरे समाज उत्कृष्ट हुने धारणा राख्छन् ।
अवार्ड बिजेताहरु:
सर्बोत्कृष्ट बिधा:
१. द स्टार राइडरस् खुशीराम थारु
२. द स्टार क्याप्टेनस् सोमनाथ गिरि
३. बेस्ट पफर्मिङ फुडम्यानस् सागर राई
फरक क्षमताका राइडर (चार पाङ्ग्रे स्कुटर) बिधा :
मस्ट इम्पावर्ड राइडरस् पुनम मिश्र र सोमनाथ राई
परोपकार बिधा :
द हेल्पिङ ह्यान्ड अवार्ड (पठाओको माध्यम मार्फत सामाजिक सेवा समेत गर्ने) :
रोनिस खड्की, कृष्ण बहादुर तामाङ, रोयत बहादुर रोका
बाइक राइडर बिधा :
१. द राइजिङ राइडर (सबैभन्दा कम उमेरको, १८ बर्ष)- सन्जिब श्रेष्ठ
२. द टायरलेस राइडर (सबैभन्दा धेरै राइड लिने, ५५०० राइड)- मुकुन्द राज थापा
३. युजर फेबरेट राइडर (सबैभन्दा धेरै रेटिङ, ४.८)- सुदर्शनमणि डङ्गोल
४. द डेडिकेटेड राइडर(आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९७५)- तिर्थ बहादुर बिष्ट
५. द भेट्रान राइडर (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, ४ बर्ष)- दिलिप लामा
६. द अनरेवल राइडर (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने)- कपिल दिप न्यौपाने
७. द एनर्जेटिक राइडर (सबैभन्दा धेरै दिन राइड लिएको,३५० दिन)- कौशल कुमार जोशी
८. द सिनियर राइडर (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष)- आश्मान राई
९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) राइडरस् लक्ष्मी श्रेष्ठ
क्याप्टेन (ट्याक्सी चालक) बिधा :
१. द राइजिङ क्याप्टेन (सबैभन्दा कम उमेरको, २१ बर्ष) -स्राजेश थापा
२. द टायरलेस क्याप्टेन (सबैभन्दा धेरै राइड लिने, ३८०० राइड )- कमल श्रेष्ठ
३. युजर फेबरेट क्याप्टेन (सबैभन्दा धेरै रेटिङ, ४.७५)- प्रशान्त थापा
४. द डेडिकेटेड क्याप्टेन (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९०५)- दिपक घलान
५. द भेट्रान क्याप्टेन (सबैभन्दा लामो समय देखि राइड लिइरहेको, पठाओ ट्याक्सी सुरुवात देखि नै)- फरिन बहादुर क्याप्छाकी
६. द अनरेवल क्याप्टेन (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने) – रामानन्द चौधरी
७. द एनर्जेटिक क्याप्टेन (सबैभन्दा धेरै दिन राइड लिएको, २९५ दिन) – पवन ढुङ्गेल
८. द सिनियर क्याप्टेन (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष ) – कृष्ण लामा
९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) क्याप्टेन विद्या कुमारी लामा
फुडम्यान बिधा :
१. बेस्ट पफर्मिङ (फुडम्यान इनहाउस )- धनेन्द्र हंसरुम्बा
२. बेस्ट पफर्मिङ फुडम्यान, साइकल (२८०० डेकिभरी ) – अनिस कुमार थापा
३. द सुपरस्टार फुडम्यान ( सबैभन्दा धेरै रेटिङ, ४.८) – टीका बहादुर कुँवर
४. द टायरलेस फुडम्यान ( सबैभन्दा धेरै फुड डेलिभरी गर्ने, ३२०० डेलिभरी ) – छत्र बहादुर बस्नेत
५. द डेडिकेटेड फुडम्यान (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ८५५) – विशाल श्रेष्ठ
६. द क्लासिक फुडम्यान ( सबैभन्दा लामो समय देखि, ५६५ दिन ) स्दिलेन क्षेत्री
७. द ज्वय गिभर फुडम्यान ( बेस्ट कम्युनिकेसन )- राजकुमार दाहाल
८. द एभर फ्रेस फुडम्यान (सबैभन्दा धेरै दिन फुड डेलिभर गरेको, २९० दिन) – स्शेशकान्त सुवेदी
९. द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) – फुडम्यान बन्दना राई
२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो। ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै पठाओ फुड सन्चालनमा ल्याएको थियो ।