×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जनशील लघुवित्तद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १७.४४ प्रतिशतले घट्दा अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिर्जनशील लघुवित्तद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १७.४४ प्रतिशतले घट्दा अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो गत वर्षको भन्दा १७.४४ प्रतिशतले थोरै हो ।

कम्पनीको खुद ब्याज आम्दानी ४.५४ प्रतिशतले वृद्धि हुँदा सञ्चालन नाफा भने १६.४८ प्रतिशतले घटेको छ । जगेडा कोषमा १३ करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा १.६३ प्रतिशतले बढेर २.१८ प्रतिशत पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी