काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले वीरगन्जको छपकैयास्थित ईदगाह अगाडिको मूल सडकमा मङ्गलबार ईद–उल–फित्र अर्थात ईदको नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरुको तस्विरदेखि कालोपत्र गरिएको बागलुङ नगरपालिका–१४, नारायणस्थानमा रहेको बलेवा विमानस्थलसम्मका तस्विरलाई फोटोमा समेटेका छौ।
हेरौं फोटो समाचार
वीरगन्जको छपकैयास्थित ईदगाह अगाडिको मूल सडकमा मङ्गलबार ईद–उल–फित्र अर्थात ईदको नमाज पढ्दै इस्लाम धर्मावलम्बीहरु ।

कालोपत्र गरिएको बागलुङ नगरपालिका–१४, नारायणस्थानमा रहेको बलेवा विमानस्थल ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-७ दोखुस्थित नर्सरीमा सुन्तलाको बेर्ना रेखदेख गर्दै एक महिला ।

कञ्चनपुरको बंक–नायल निर्माणाधिन सडक । पर्यटकीय क्षेत्र नायल जोड्नका लागि २२ किलोमिटर सडक निर्माणको कार्य अघि बढेको छ।

व्यासनगरपालिका–३ स्थित एक पसलमा खाना पकाउने एलपी ग्याँस लिन लामवद्ध सर्वसाधारणहरु।

म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयको नवनिर्मित भवन । बेनी नगरपालिकाको सहयोगमा भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ ।

घोराही– ६ का ९० बर्षका चुडामणि पौडेलले घोराही–५, धर्ना धारपानी धाममा निर्माण गर्नुभएको यज्ञ कुण्ड । रु १० लाखको लागतमा निर्माण सम्पन्न कुण्ड पौडेलले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्