Skip to content
LAXMI SUNRISE BANK

लेखा व्यवसायी सम्मेलनमा सबै नियामकको एउटै स्वर-‘हामी नियमनकारी निकाय आइक्यानलाई सहयोग गर्न तयार छौं…’

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलनमा उपस्थित सबै नियामकका प्रतिनिधिहरुले आफुहरु आइक्यानलाई सहयोग गर्न तयार भएको बताएका छन् । सम्मेलनमा उठेका विभिन्न विषयहरुमा प्रतिक्रिया दिंदै सबै नियामकहरुले आफुहरुले खुलेर आइक्यानलाई सहयोग गर्न तयार भएको अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, सहकारी विभाग, नेपाल धितोपत्र बोर्ड, बीमा समिति लगायतका निकायका अधिकारीहरुले आफुहरु आइक्यानलाई सहयोग गर्न कुनै पनि तरिकाले तयार भएको बताएका हुन् ।

पछिल्लो समय लेखापरिक्षकहरुलाई मतियार मानेर नेपाल प्रहरीले पक्राउ गरी मुद्धा चलाईरहेको विषयमा सम्मेलनमा प्रश्न उठेपछि नेपाल प्रहरीका प्रतिनिधि र अख्तियारका प्रतिनिधिले आइक्यान लेखाव्यवसायीहरुको नियामक निकाय भएकाले आफुहरु आइक्यानलाई सहयोग गर्न र सहयोग लिन सधैं तयार भएको बताएका हुन् । यता बीमा समिति र धितोपत्र बोर्डका प्रतिनिधिहरुले पनि आफुहरुसँग सम्बन्धित कानुन बनाउँदा होस्, वा नियमनमका क्रममा होस्, आइक्यानसँग गर्नुपर्ने संयोजनमा आफुहरु तयार रहेको बताएका छन् ।

यसअघि अन्य नियामक र आइक्यानबीच संयोजनकारी भूमिका कमजोर रहेको भन्दै विभिन्न प्रश्नहरु उठेका थिए । तर त्यति ठुलो कार्यक्रममा सबै नियमनकारी निकायका प्रतिनिधिले झन्डै १००० को संख्यामा रहेका लेखापरिक्षकका अगाडी गरेको यस्तो प्रणले सबैलाई खुसी बनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK