काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षकोभन्दा ८.४९ प्रतिशतले बढी हो ।
अघिल्लो गत वर्ष कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले खुद ब्याज आम्दानी १०.३४ प्रतिशतले बढाएर २० करोड ६२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीले यस त्रैमासमा गत वर्ष कम्पनी १६ करोड ९४ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनीले यस त्रैमसमा १० करोड २७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । रिजर्भ कोषमा २४ करोड ९६ लाख रहेको कम्पनीको चुक्ता पुँजी ११ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खराब कर्जा ४.२६ प्रतिशत रहेको थियो भने यस त्रैमासमा घटेर ३.९३ प्रतिशत पुगेको छ ।