
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अपि पावरले १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गर्न लागेको हो । सो सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ भने सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद पुस १३ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्