Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको साधारणसभा पुस २४ गते हुने, ५.८०% बोनस र २.४८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सनराइज बैंकको १३औं वार्षिक साधारणसभा पुस २४ गते हुने भएको छ । बैंकको सभा आम्रपालि ब्यांकेट, बालुवाटारमा बिहान १० बजेदेखि सुरु हुने भएको हो । बैंकले सभामा ५.८०% बोनस र करसहित २.४८% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 
यस्तै मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका एजेन्डा छन् । बैंकले सभाका लागि पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस ६ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK