Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान लघुवित्तको वित्तीय विवरण सार्वजनिक, १२.२९ प्रतिशतले बढ्यो खुद नाफा

अर्थ सरोकार

काठमाडौं । निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले तेस्रो त्रैमासमा कुल ८० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १२.२९ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ७१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी १.८४ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा १२.२६ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ ।  कम्पनीको चुक्ता पुँजी २९.५० प्रतिशतले बढेको छ र रिजर्भ कोषमा पनि १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ५.८९ प्रतिशतबाट घटेर ३.३३ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ भने २१० रुपैयाँ ४ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK