×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, १२.२१ प्रतिशतले घट्यो खुद नाफा

PRIME CA

प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, १२.२१ प्रतिशतले घट्यो खुद नाफा

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा २५ करोड ४२ लाख ४५ हजर रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १२.२१ प्रतिशतले कम हो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानी ५.४६ प्रतिशतले बढेको छ भने लगानी तथा अन्य आम्दानी २९.८८ प्रतिशतले घटेर ११ करोड ५ लाख ७७ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ पुगेको छ र रिजर्भ कोष र बिमा कोषमा पनि सुधार भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ३५ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: