×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक,खुद नाफा १७.०९ प्रतिशतले घट्दा प्रतिसेयर नेटवर्थ कती ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक,खुद नाफा १७.०९ प्रतिशतले घट्दा प्रतिसेयर नेटवर्थ कती ?

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा  १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा १७.०९ प्रतिशतले कम हो। अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको जीवन बिमा कोष २५.९० प्रतिशतले बढेर १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन १३.५९ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । साथै जगेडा कोष १९.१६ प्रतिशतले घटेर ५० करोड ५४ लाख ८८ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी