×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारका विश्लेषक तिवारी गाउँपालिकाको अध्यक्ष पदमा विजयी, आफ्नो गाउँपालिकालाई ब्ल्युचिप गाउँ बनाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारका विश्लेषक तिवारी गाउँपालिकाको अध्यक्ष पदमा विजयी, आफ्नो गाउँपालिकालाई ब्ल्युचिप गाउँ बनाउने

Artha Sarokar

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रकाश तिवारी स्याङजा जिल्ला अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् । उनी सेयर बजारका राम्रा विश्लेषक हुन् । उनी आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका चिनमाया गुरुङ भन्दा दोब्बर मत ल्याएर विजयी भएका हुन् ।

उनले भारतको गुरु नानकदेव विश्वविद्यालयबाट एमबीए गरेका तिवारीले सेयर बजारमा पहिलो लगानी हाथवे कम्पनीमा गरेका थिए । ३० वर्ष नपुग्दै उनी पाँच तारे होटल र्याडिसनको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकसमेत बनेका थिए ।

गाउँपालिका अन्तर्गत हुने विद्यालय र स्वास्थ्य चौकी जनताले महशुस गर्ने गरेर सुधार्ने लक्ष्य तिवारीले लिएको छ । सेयर बजारमा ब्लुचिप कम्पनीमा लगानी गरेर मनग्गे प्रतिफल लिन सफल भएका तिवारी अर्जुनचौपारी गाउँपालिकालाई आफ्नो कार्यकालमा ब्लुचिप कम्पनी जस्तै समृद्ध बनाउने लक्ष्य पनि तिवारीको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी